Below Menu
Below Menu

नवनियुक्त अर्थमन्त्रीलाई शेयर बजारको ‘रेड सिग्नल’, नेप्से परिसूचक ७१ अकंले घट्यो 

नवनियुक्त अर्थमन्त्रीलाई शेयर बजारको ‘रेड सिग्नल’, नेप्से परिसूचक ७१ अकंले घट्यो 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नयाँ अर्थमन्त्री आएपछि शेयर बजारमा सुधार आउने लगानीकर्ताको आशा थियो । तर, डा. स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछिको पहिलो कारोबार दिन मै नेप्सेमा भारी अंकको गिरावट आएको हो । 

नवनियुक्त अर्थमन्त्री वाग्ले शुक्रबार कार्यभार सम्हाल्दै नेपालको अर्थतन्त्रलाई सुधार गर्ने दाबी गरेका थिए । तर, कारोबारको पहिलो दिन मै उनलाई शेयर बजारले ‘रेड सिग्नल’ दिएको छ ।

बालेन्द्र साह नेतृत्वको स्थिर सरकार बन्नुअघि नेप्से परिसूचकमा निरन्तर वृद्धि देखिएको थियो । यद्यपी सरकार गठनपछि भने लगानीकर्ताहरु निराश देखिएका छन् । 

आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७१.०५ अंकले घटेर २८७९.११ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से परिसूचक २२.४५ अंकले घटेर २९३५.९४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १० कम्पनीको शेयरमूल्य बढेको छ । भने २५५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १५ अर्ब ९ करोड चार लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज रिडी पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७१ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर र रिज लाइन इनर्जी कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.१७ प्रतिशतले घटेको छ । 
 

Advertisment