काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ७०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment