काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से परिसूचक ७१.०५ अंकले घटेर २८७९.११ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २६ कम्पनीको शेयरमूल्य बढेको छ । भने २७३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।आइतबार नेप्सेमा १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिडी पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६८ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इन कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सोलु हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७.७९ प्रतिशतले घटेको छ ।
Advertisment