काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको पौने ५७ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
सोमबार नेप्सेले युनिभर्सल पावर, एनएलजी इन्स्योरेन्स, बिन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ५६ लाख ८४ हजार ३८५ दशमलव ९१२ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार युनिभर्सल पावर कम्पनीको ९ प्रतिशत बोनसपछिको २० लाख ५१ हजार ९३६ दशमलव ९३२ कित्ता र एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनसपछिको १० लाख २६ हजार ७८ दशलमव ७८ कित्ता शेयर सूचीकृत भएको छ ।
त्यस्तै बिन्ध्यावासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनसपछिको ५ लाख ६४ हजार ९०० कित्ता र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनसपछिको २१ लाख ४१ हजार ४५९ दशलमव २ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment