सुनचाँदीको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा ६७ सयले बढ्यो 

सुनचाँदीको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा ६७ सयले बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला छ हजार ७०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १४५ रुपैयाँले बढेको हो। 

Sponsored Advertisement

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ८४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

थप समाचार