काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.७० अंकले बढेर २८५१. ०२ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से परिसूचक ७१.०५ अंकले घटेर २८७९.११ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १९५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा ११ अर्ब ११ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ४७.७१ अंकले घटेर २८३१.३९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिडी पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४८ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रो, रिज लाइन इनर्जी र होटल फरेष्ट इन कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.९६ प्रतिशतले घटेको छ ।
Advertisment