Below Menu
Below Menu

दुई विकास बैंकसहित छ कम्पनीको सवा दुई करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

दुई विकास बैंकसहित छ कम्पनीको सवा दुई करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई विकास बैंकसहित छ कम्पनीको सवा दुई करोड कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

मंगलबार नेप्सेले अरुण भ्याली हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, महुली लघुवित्त, प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र समता घरेलु लघुवित्तको दुई करोड १८ लाख ६२ हजार ५७ दशमलव ९५१३ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनसपछिको १९ लाख २४ हजार एक कित्ता र महालक्ष्मी विकास बैंकको ५ प्रतिशत बोनसपछिको २१ लाख ४८ हजार २२९ दशमलव ०७९० कित्ता शेयर सूचीकृत भएको छ । 

त्यस्तै महुली लघुवित्त वित्तीय संस्थाको ४.७५ प्रतिशत बोनसपछिको एक लाख ७५ हजार ७१३ दशलमव ६६ कित्ता र प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनसपछिको एक करोड ५५ लाख २२ हजार ६० दशलमव ५७ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनसपछिको १७ लाख ७८ हजार १२७ दशमलव ८६ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । 

नेप्सेका अनुसार समता घरेलु लघुवित्त वित्तीय संसथाको ५ प्रतिशत बोनसपछिको तीन लाख १४ हजार ५२५ दशलमव ७८२३ कित्ता शेयर सूचीकृत भएको छ ।  उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार