काठमाडौं : नेपाल वायुसेवा निगम ले काठमाडौं-दिल्ली-काठमाडौं हवाई सेवामा विस्तार गरेको छ। यात्रुको बढ्दो चाप र अन्तर्राष्ट्रिय यात्राको मागलाई ध्यानमा राख्दै निगमले अब यस रुटमा साप्ताहिक उडान संख्या बढाएर १० पुर्याएको हो।
यसअघि निगमले काठमाडौं-दिल्ली-काठमाडौं रुटमा दैनिक एउटा मात्र उडान सञ्चालन गर्दै आएको थियो। तर, नयाँ व्यवस्थाअनुसार २०८२ साल चैत्र १७ गतेदेखि हप्ताको तीन दिन-मंगलबार, बिहीबार र शनिबार-अतिरिक्त उडान थप गरिएको छ। यससँगै अब सातामा कुल १० वटा उडान सञ्चालन हुनेछन्।
नयाँ तालिकाअनुसार थप गरिएका उडानहरू बिहान ८:१० बजे काठमाडौंबाट दिल्लीका लागि प्रस्थान गरी ९:५० बजे पुग्नेछन्। त्यस्तै, सोही दिन दिल्लीबाट १०:५० बजे उडान भरी १२:५० बजे काठमाडौं आइपुग्नेछ।
यसबाहेक, दैनिक सञ्चालनमा रहेका नियमित उडानहरू दिउँसो १:२५ बजे काठमाडौंबाट दिल्लीका लागि प्रस्थान गरी २:५० बजे पुग्नेछन् भने दिल्लीबाट ४:२० बजे उडान भरी साँझ ६:१० बजे काठमाडौं अवतरण गर्नेछन्।

Advertisment