सुनको मूल्य फेरी तीन लाख नजिक, एकैदिन तोलामा सात हजार चार सयले बढ्यो 

सुनको मूल्य फेरी तीन लाख नजिक, एकैदिन तोलामा सात हजार चार सयले बढ्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला सात हजार ४०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १०० रुपैयाँले बढेको हो। 

Sponsored Advertisement

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।

थप समाचार