जिडिपीमा सहकारीको योगदान मापन गर्न राष्ट्रिय स्तरको सर्वेक्षण हुने 

जिडिपीमा सहकारीको योगदान मापन गर्न राष्ट्रिय स्तरको सर्वेक्षण हुने 

काठमाडौं : नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा सहकारी क्षेत्रले पुर्याएको योगदानको यथार्थ मूल्याङ्कन गर्न ‘सहकारी संस्था सर्वेक्षण, २०८२’ सञ्चालन गरिने भएको छ। यो सर्वेक्षण राष्ट्रिय तथ्यांक कार्यालय र सहकारी विभागको संयुक्त सहकार्यमा अघि बढाइएको हो।

Sponsored Advertisement

सहकारी विभागले जारी गरेको सूचनाअनुसार सर्वेक्षणका लागि स्थलगत तथ्यांक संकलन कार्य २०८२ चैत १९ गतेदेखि सुरु भई २०८३ असारसम्म सञ्चालन हुनेछ। यस अवधिमा विभागले खटाएका गणकहरू देशभर छनौटमा परेका सहकारी संघ-संस्थाहरूमा पुगेर प्रत्यक्ष रूपमा विवरण संकलन गर्नेछन्।

हालसम्म सहकारी क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा कति योगदान पुर्याएको छ भन्ने विषयमा पर्याप्त तथ्यांकको अभाव रहेको सन्दर्भमा यो अध्ययनले ठोस आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

सहकारी विभागले सर्वेक्षणको सफल कार्यान्वयनका लागि सबै सहकारी संस्थाहरूलाई सक्रिय रूपमा सहयोग गर्न आग्रह गरेको छ। साथै, गणकहरूलाई आवश्यक विवरण सत्य, पूर्ण र समयमै उपलब्ध गराउन तथा समन्वय गर्न सम्बन्धित सबै पक्षसँग अनुरोध गरिएको छ।
 

थप समाचार