Below Menu
Below Menu

नेप्सेद्वारा मार्जिन कारोबार योग्य १२३ कम्पनीको सूची सार्वजनिक, कुन क्षेत्रका कति ?

नेप्सेद्वारा मार्जिन कारोबार योग्य १२३ कम्पनीको सूची सार्वजनिक, कुन क्षेत्रका कति ?

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरूको नयाँ सूची सार्वजनिक गरेको छ। ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ अनुसार आवश्यक मापदण्ड पूरा गरेका १२३ कम्पनीहरूलाई नेप्सेले मार्जिन कारोबारका लागि योग्य छनाेट गरेको हो।

नेप्सेका अनुसार पर्याप्त बजार पुँजीकरण, उच्च तरलता, सर्वसाधारणमा पर्याप्त शेयर वितरण (पब्लिक फ्लोट), निरन्तर नाफामा रहेको तथा सकारात्मक नेटवर्थ भएका कम्पनीहरूलाई मात्रै यस सुविधाका लागि छनोट गरिएको हो। 

यी मापदण्ड पूरा गरेका कम्पनीहरूको शेयर धितो राखेर लगानीकर्ताले ब्रोकरमार्फत ऋण (मार्जिन लोन) लिएर थप सेयर खरिदबिक्री गर्न सक्नेछन्। 

मार्जिन कारोबारका लागि योग्य रहेका कम्पनीहरुमा १९ वाणिज्य बैंक, ११ विकास बैंक, ११ फाइनान्स कम्पनी, १७ लघुवित्त वित्तीय संस्था, १२ जीवन बीमा कम्पनी, ११ निर्जीवन बीमा कम्पनी, २८ जलविद्युत कम्पनी, लगानी समूहका ६ कम्पनी रहेका छन् । 

आगामी वैशाख २ गतेदेखि स्टक ब्रोकरहरूले लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने तयारी गरेका छन्। 

Advertisment

थप समाचार