काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७४.७३ अंकले घटेर २७७६.३६ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से परिसूचक १९.७० अंकले बढेर २८५१.०२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २५५ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ११ अर्ब ११ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७१ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज नेपाल रि इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९.८४ प्रतिशतले घटेको छ ।
Advertisment