Below Menu
Below Menu

९७ करोडको आईपीओ आउँदै, थप चार कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन

९७ करोडको आईपीओ आउँदै, थप चार कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन

काठमाडौं : सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै थप चार कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन । कम्पनीहरुले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९७ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डमा आवेदन एिका हुन् । 

सेबोनका अनुसार बुढानिलकण्ठ हेरिटिज लिमिटेडले ४९ करोड ५० लाख रुपैयाँ बराबरको ४९ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

त्यस्तै सभापोखरी हाइड्रोपावरले १० करोड ७५ लाख रुपैयाँको १० लाख ७५ हजार कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ । हाइड्रोपावरको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेड रहेको छ ।

नेशनल बायो टेक लिमिटेडले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण शेयर निष्कासन गर्न सेबोनमा आवेदन दिएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।

त्यसैगरी इष्टर्न सहारा कम्पनी लिमिटेड २७ करोड ५० लाख रुपैयाँ २७ लाख ५० हजार कित्ता शेयर जारी गर्न आवेदन दिएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।


 

Advertisment

थप समाचार