Below Menu
Below Menu

राजश्व चुहावट रोक्न अर्थ मन्त्रालयको सक्रियता, अर्थमन्त्री र गृहमन्त्रीसहित उच्चस्तरीय बैठक बस्दै

राजश्व चुहावट रोक्न अर्थ मन्त्रालयको सक्रियता, अर्थमन्त्री र गृहमन्त्रीसहित उच्चस्तरीय बैठक बस्दै

काठमाडौं : राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले आज उच्चस्तरीय छलफल आयोजना गर्ने भएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको अध्यक्षतामा बिहान ११ बजे सुरु हुने बैठक एक घण्टाका लागि तय गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए।

बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि, अर्थ, गृह र राजश्व प्रशासनसँग सम्बन्धित सचिवहरू, साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूको सहभागिता रहनेछ। त्यस्तै, अर्थ मन्त्रालयअन्तर्गत राजश्व प्रशासनसँग सम्बन्धित महाशाखा तथा विभागका प्रमुखहरू पनि उपस्थित हुनेछन्।

छलफलमा विशेषगरी राजश्व छली, चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यान्वयनलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित रहने जनाइएको छ। अर्थमन्त्री वाग्लेले सम्बन्धित निकायहरूलाई स्पष्ट निर्देशन दिँदै समन्वय र कडाइका साथ कार्यान्वयन गर्न जोड दिने अपेक्षा गरिएको छ।

बैठक सम्पन्न भएपछि त्यसका निष्कर्ष र निर्णयबारे सञ्चार माध्यमलाई जानकारी गराइनेछ। मन्त्रालयका अनुसार प्रवक्ता पाण्डेयले भिडियो, फोन वा आधिकारिक विज्ञप्तिमार्फत बैठकका मुख्य बुँदाहरू सार्वजनिक गर्नेछन्।

Advertisment

थप समाचार