सुनको मूल्य तोलामा ३६ सयले घट्यो 

सुनको मूल्य तोलामा ३६ सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १६५ रुपैयाँले घटेको हो। 

Sponsored Advertisement

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ७८०  रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

थप समाचार