सिटी वालेट र छिटो पैसाबीच मर्जर, बैशाख ३ गतेदेखि एकीकृत कारोबार सुरु हुने

सिटी वालेट र छिटो पैसाबीच मर्जर, बैशाख ३ गतेदेखि एकीकृत कारोबार सुरु हुने

काठमाडौं : भुक्तानी सेवा प्रदायक संस्था सिटी वालेट प्रालि र छिटो पैसा प्रालि एकआपसमा गाभिने भएका छन्। नेपाल राष्ट्र बैंक को भुक्तानी प्रणाली विभागले सार्वजनिक सूचना जारी गर्दै यी दुई कम्पनीको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।

Sponsored Advertisement

सूचनाअनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भई नियामकबाट अन्तिम स्वीकृति प्राप्त भएपछि दुवै संस्थाको सम्पत्ति तथा दायित्व नयाँ एकीकृत संस्थामा हस्तान्तरण हुनेछ। मर्जरपछि कम्पनी ‘सिटी वालेट प्रालि’ कै नामबाट सञ्चालनमा रहनेछ।

आगामी २०८३ साल वैशाख ३ गते बिहीबारदेखि दुवै संस्थाबाट हाल सञ्चालनमा रहेका सबै भुक्तानीसम्बन्धी सेवा तथा कारोबार एउटै प्लेटफर्ममार्फत एकीकृत रूपमा सञ्चालन हुनेछन्।  

केन्द्रीय बैंकले ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली (पहिलो संशोधन, २०८०), २०७७’ को विनियम ३७ को उपविनियम १३ अनुसार सर्वसाधारणलाई जानकारी दिन यो सूचना प्रकाशित गरेको जनाएको छ।  

थप समाचार