निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्। निर्वाचन समितिको घोषणा अनुसार पाण्डेले ५१४ मत ल्याउदै अध्यक्ष पदमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी आङदोर्जी लामाले ४१३ मत पाएका थिए ।

Sponsored Advertisement

वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए ।

यसैगरी, मंगल शाही नीतिगत उपमहासचिवमा र सन्तोष शाह आन्तरिक उपमहासचिवमा विजयी भएका छन्। कोषाध्यक्षमा उज्ज्वल गौतम र सह–कोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा गंगा पोखरेल निर्वाचित भएकी छन्।

निर्वाचन परिणामले महासंघको नेतृत्व संरचनामा स्पष्टता आएको छ र नयाँ कार्यकालमा व्यवसायिक गतिविधि र सुधारतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ।

थप समाचार