काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ८३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
बिहिबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment