काठमाडौं : ललितपुरस्थित गोरखा सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष, व्यवस्थापकसहित ४ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।
कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टका अनुसार अध्यक्ष इमानसिंह राई, सीईओ लालबहादुर क्षेत्री, लेखा समिति सदस्य कर्णबहादुर राई र अबिनकुमार राई पक्राउ परेका हुन्।
उनीहरूलाई बुधबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।
उक्त सहकारीले करिब १० हजार ५०० बचतकर्ताको ४ अर्ब ५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ।
Advertisment