शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय 

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय 

काठमाडौं : सरकारले देशभरका सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

Sponsored Advertisement

पेट्रोलियम आपूर्तिमा देखिएको दबाबलाई मध्यनजर गर्दै सरकारले चैत २३ गतेदेखि लागू हुनेगरी यस्तो व्यवस्था गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाकारी दिए । अब सरकारी कार्यालय र सबै शैक्षिक संस्था हप्तामा दुई दिन बन्द रहनेछन्। 

यद्यपि शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयको कार्यसमय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ। 

यससँगै सरकारले दीर्घकालीन रूपमा पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने लक्ष्यसहित पेट्रोल र डिजेलबाट सञ्चालन हुने सवारी साधनलाई क्रमशः विद्युतीय सवारीमा रूपान्तरण गर्ने नीति अघि बढाउने निर्णय पनि गरेको छ।

थप समाचार