काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका सात कम्पनीको शेयरमूल्य बढेको छ । भने २६१कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा आठ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५८ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इन कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स र भुगोल इनर्जी एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।
Advertisment