काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल जारी लागेको हो । जसमा ५ अर्बको नयाँ र ५ अर्बको ट्रेजरी बिल नविकरण गर्न लागिएको हो ।कार्यालयका अनुसार उक्त ट्रेजरी बिल २०८३ चैत २३ गते परिपक्क हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले चैत २३ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि चैत १६ गते पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment