Below Menu
Below Menu

जिल्ला नगरमा पकड जमाउँदै हेमराज समूह, ५ मध्ये ४ प्रदेश अध्यक्ष निर्वाचित

जिल्ला नगरमा पकड जमाउँदै हेमराज समूह, ५ मध्ये ४ प्रदेश अध्यक्ष निर्वाचित

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै जाँदा जिल्ला नगरतर्फ अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समूहको पकड बलियो देखिएको छ।

पछिल्लो समय ५ वटा महासंघ प्रदेशको निर्वाचन भएकोमा ४ जना प्रदेश अध्यक्षहरु सो समुहबाट निर्वाचित भएसँगै उक्त समुह बलियो देखिएको हो । आजसम्म महासंघ प्रदेशको सम्पन्न भएको ५ वटा अधिवेश मध्ये उक्त समुहबाट ४ प्रदेश अध्यक्ष चयन भएका हुन्।
जस अनुरुप गण्डकीमा उक्त समुह नरेश कँडेल सर्वसम्मतीमा अध्यक्ष भएका हुन् । उक्त प्रदेशको शुक्रबार अधिशन सम्पन्न भएको थियो ।

यसैगरी मधेशबाट बिजय साह र कर्णालाीबाट धनबहादूर ओली सर्वसम्मतीमा निर्वाचित भएका हुन् । तर लुम्विनी प्रदेशमा भने वरिष्ठ उपाध्यक्ष अञ्जन तथा आगामी वरिष्ठ उपाध्यक्षका प्रत्यासी सुरकृष्ण वैद्य समुहबाट अध्यक्ष निर्वाचित भएका हुन्। 

यसैगरी आईतबार सम्पन्न कोशी प्रदेशको निर्वाचनमा पनि चन्द्र–हेमराज ढकाल समुहबाट राजेन्द्र बहादूर राउत भारी मतान्तरले विजयी भएका छन् । उनले खसेको कुल मतमध्ये ७० प्रतिशतभन्दा बढी मत ल्याएर बिजयी भएका हुन् । 

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला नगरतर्फ प्रदेश अध्यक्षहरु भुमिका महत्वपूर्ण हुन्छ । हालसम्म ५ वटा प्रदेशको अध्यक्ष चयन भएकोमा ४ वटा प्रदेशको अध्यक्ष चन्द्र–हेमराज समुहबाट हुँदा त्यसले आगामी निर्वाचनमा ठूलो महत्व राख्ने छ।

Advertisment