Below Menu
Below Menu

शेयर बजारमा ८३ अंकको वृद्धि, कारोबार रकम करिब ११ अर्ब

शेयर बजारमा ८३ अंकको वृद्धि, कारोबार रकम करिब ११ अर्ब

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०. ०२ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २६४ कम्पनीको शेयरमूल्य बढेको छ । भने तीन कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। 

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज रिलायन्स स्पिनिङ्स मिल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको एक अर्ब आज १३ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा उपकार लघुवित्त वित्तीय संस्था, भुजुङ हाइड्रोपावर, रिडी पावर र नेशनल हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज लक्ष्मी बैंक डिबेञ्चरको शेयरमूल्य ३.१० नकारात्मक सर्किट लागेको हो । 

Advertisment