काठमाडौं : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डोटीका डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको हो।
सरकारको आर्थिक तथा विकास नीति निर्माणमा महत्वपूर्ण भूमिका रहने आयोगमा डा. भट्टको नियुक्तिलाई अर्थतन्त्र र योजनागत सुधारका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ । साथै, सरकारले नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डितलाई नियुक्त गरेको छ।
यस्तै सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने समेत निर्णय गरेको हो।
Advertisment