Below Menu
Below Menu

झिनो अंकले घट्यो शेयर बजार, छ अर्ब ७३ करोडमा समेटियो कारोबार 

झिनो अंकले घट्यो शेयर बजार, छ अर्ब ७३ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा छ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर र स्वेत गैगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज एनआईबीएल ग्रोथ फण्डको शेयरमूल्य ७.०८ प्रतिशतले घटेको छ ।  
 

Advertisment