काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात हजार दुई सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment