Below Menu
Below Menu

तीन दशकको कुशासन भ्रष्टाचारले युवामा बढ्दो निराशा र बेरोजगारीः सांसद अधिकारी

तीन दशकको कुशासन भ्रष्टाचारले युवामा बढ्दो निराशा र बेरोजगारीः सांसद अधिकारी

काठमाडौं : रास्वपाकी समानुपातिक सांसद लिमा अधिकारीले देशमा देखिएको जेनजी आन्दोलनलाई दीर्घकालीन कुशासन र भ्रष्टाचारविरुद्धको आक्रोशको रूपमा व्याख्या गरेकी छन् ।

आजको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले विगत तीन दशकदेखि जारी कुशासन, भ्रष्टाचार, दण्डहीनता, स्वार्थकेन्द्रित राजनीति र कमजोर सार्वजनिक सेवा प्रवाहका कारण युवामा चरम निराशा र बेरोजगारी बढ्दै गएको बताइन् ।

उनले भनिन्, ‘विगत ३ दशक देखिको कुशासन, भ्रष्टाचार, डन्डहीनता, स्वार्थ केन्द्र राजनीति कमजोर सार्वजनिक सेवा प्रवाह चरम युवा बेरोजगारको कारण जन्मी त्यो आक्रोशको बिस्फेट थियो जेनजी आन्दोलन ।’

उनले यो आन्दोलनले नयाँ सोच, नयाँ ऊर्जा र उत्तरदायित्वका साथ देशलाई सही दिशामा लैजान खोजेको उल्लेख गरिन् । अवस्थाले जन्माएको आक्रोशको विस्फोट नै जेनजी आन्दोलन भएको उनको भनाई छ ।

Advertisment