काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २५१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा आठ अर्ब ३१ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा छ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एसवाई प्यानल नेपाल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४६ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रीटेक, सोलु हाइड्रोपावर र होटल फरेष्ट इन कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन कम्पनीको शेयरमूल्य ४.३६ प्रतिशतले घटेको छ ।
Advertisment