नेपाल टेलिकमको ‘एसइइ अफर’: २० रुपैयाँमै सिम कार्डसहित इन्टरनेट र भ्वाइसको सुविधा

नेपाल टेलिकमको ‘एसइइ अफर’:  २० रुपैयाँमै सिम कार्डसहित इन्टरनेट र भ्वाइसको सुविधा

काठमाडौं : नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै आकर्षक “एसइइ अफर” सार्वजनिक गरेको छ। नयाँ अफरअन्तर्गत विद्यार्थीहरूले केवल २० रुपैयाँमा प्रिपेड सिमकार्ड प्राप्त गर्न सक्नेछन्।

Sponsored Advertisement

यस योजनाअनुसार, सिम सक्रिय गरेपछि लगातार ३० दिनसम्म दैनिक ५०० एमबी डाटा, २० मिनेट भ्वाइस सेवा र १० वटा एसएमएस निःशुल्क उपलब्ध गराइनेछ। कम्पनीका अनुसार यो अफर विद्यार्थीहरूलाई डिजिटल पहुँच सहज बनाउन तथा परीक्षा पश्चात् सञ्चार सेवा सुलभ गराउने उद्देश्यले ल्याइएको हो।

अफर प्रयोग गर्नका लागि विद्यार्थीहरूले पहिले *१४१४# डायल गरेर सिम सक्रिय गर्नुपर्नेछ। त्यसपछि ८ज्ञटण्ण्३ डायल गरी एसइइ अफर सुरु गर्न सकिनेछ। अफर सक्रिय गर्दा एसइइ सिम्बोल नम्बर (अन्तिम अक्षरबाहेक) र जन्ममिति (वि.सं) मा प्रविष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ।

यससँगै, ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गर्दा थप बोनस सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। यो बोनस योजना चैत २६, २०८२ देखि असार २६, २०८३ सम्म लागू रहनेछ। साथै, पहिलोपटक एनटी एप डाउनलोड गर्ने प्रयोगकर्ताहरूले १ जीबी निःशुल्क डाटा समेत पाउनेछन्।

 

थप समाचार