काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.४६ अंकले घटेर २८३७.७७ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ५६ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा नौ अर्ब ९१ करोड ९२ लाखरुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५१ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन र पाल्पा सिमेन्टस् इन्डष्ट्रिज कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज एनआईसी एशिया ब्यालेन्स फण्ड कम्पनीको शेयरमूल्य ४.१७ प्रतिशतले घटेको छ ।
Advertisment