Below Menu
Below Menu

पोखरामा नयाँ वर्ष महोत्सवः तीन लाख पाहुना भित्र्याउने लक्ष्य, होटल शुल्कमा २५ प्रतिशत छुट 

पोखरामा नयाँ वर्ष महोत्सवः तीन लाख पाहुना भित्र्याउने लक्ष्य, होटल शुल्कमा २५ प्रतिशत छुट 

पोखरा : नयाँ वर्षको स्वागतका लागि पर्यटकीय नगरी पोखराको लेक साइड यति बेला चहलपहल बढेको छ । आइतबारदेखि सुरु हुने ‘फेवा नववर्ष महोत्सव’ले लेसाइडको सडकलाई मात्र होइन, यहाँको पर्यटनलाई पनि नयाँ ऊर्जा दिएको छ ।

यस पटकको महोत्सवमा आयोजकले करिब ३ लाख पाहुना भित्र्याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेका छन् । विद्यालय बिदा र विदेशी पर्यटकको ‘सिजन’ सँगै परेकाले लेसाइडका होटेलहरू अहिले नै ८० प्रतिशत भरिभराउ भइसकेका छन् ।

नयाँ वर्ष मनाउन आउने पाहुनाका लागि होटेल संघ आबद्ध होटेलहरूले प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुटको घोषणा गरेको होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । तेस्रो मुलुकका पर्यटक, गर्मी छल्न आएका भारतीय पाहुना र आन्तरिक पर्यटकले पोखराको व्यवसाय चलायमान बनेको हो ।

उनका अनुसार, अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली नयाँ वर्षमा पनि पोखरालाई ुहबु बनाउने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो ।

वैशाख १ गतेसम्म चल्ने यो उत्सवले सुस्ताएको पर्यटनलाई लयमा फर्काउने विश्वास व्यवसायीको छ । महोत्सव अवधिमा मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, पञ्चेबाजा प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।

Advertisment

थप समाचार