Below Menu
Below Menu

हामी सदन पुग्नु मात्र आन्दोलनको सफलता होइन, सुशासन अझै टाढा छः जेनजी अगुवा

हामी सदन पुग्नु मात्र आन्दोलनको सफलता होइन, सुशासन अझै टाढा छः जेनजी अगुवा

कर्णाली : कर्णाली उत्सवको ‘सडकदेखि सदनसम्म’को सत्रमा युवापुस्ताका अगुवाहरू वक्ताको रूपमा सहभागी भए ।

उनीहरूले जेनजी आन्दोलन र त्यसपछिका अभ्यासहरूमा समीक्षा गरे तर उनीहरूले युवापुस्ताको आवाज जनमतद्वारा अनुमोदन भए पनि ढुक्क हुने अवस्था नभएको बताए । जेनजी पुस्ताले चाहेको सुशासन, भ्रष्टाचारविरुद्धको लडाइँ र न्यायको खोजीको आन्दोलनले अझै पूर्णता नपाएको उनीहरूको गुनासो छ ।

जेनजी अगुवा मनिष खनालले सुशासनको मागसहित आफ्नो पुस्ताले आन्दोलन गरेको र त्यही बलमा जनताबाट चुनाव जितेर सदनमा पुगेको दाबी गरे ।

‘हामी सदनमा जानु मात्र आन्दोलनको सफलता भन्न त नमिल्ला’ उनले भने, ‘आफ्नो पुस्ताले राखेका मागहरू सम्बोधनको लागि सदनमा निरन्तर आवाज उठाउने छु ।’

जेनजी अगुवा रक्षा वमले आन्दोलन पछि बनेको कार्की आयोगको प्रतिवेदन पूर्ण नहुँदा आफ्ना मागहरू पुरा हुने र जेनजी आन्दोलनले न्याय पाउनेमा शंका भएको बताइन् ।

‘सरकारले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरेको छैन’ उनले भनिन्, ‘हामी शान्तिपूर्ण आन्दोलनमा थियौँ । आन्दोलन कसरी हिंसात्मक बन्यो भन्ने सत्य बाहिर आउनुपर्छ, ।’

आयोगले भदौ २३ गतेको आन्दोलनलाई मात्र केन्द्रबिन्दुमा राखेर २४ गते भुलेको उनको आरोप छ ।

जेन्जी अगुवा धिरज जोशीले सडक र सरकारको भूमिकाबिच सन्तुलन आवश्यक रहेको बताए । ‘सरकारले केवल आन्दोलन होइन, समग्र देश, राष्ट्रिय सुरक्षा र सेवा प्रवाहलाई ध्यानमा राखेर काम गर्नु पर्नेमा उनको जोड छ ।

जेनजी आन्दोलनका घाइते प्रकाश लोहोराले जेन–जी आन्दोलनले अपेक्षित न्याय नपाएको गुनासो गरे ।

‘हाम्रो आन्दोलन भ्रष्टाचारविरुद्ध थियो । मुलुकको बेथितिविरुद्ध थियो । तर अहिलेसम्म न्याय पाएको अवस्था छैन,’ उनले भने ।

जबसम्म आम नागरिकले सुशासन र परिवर्तनको अनुभूति गर्दैनन्, तबसम्म आन्दोलनका मुद्दाले पूर्णता नपाउने उनीहरूको तर्क छ ।

Advertisment

थप समाचार