काठमाडौं : माउण्ट एभरेष्ट डिष्ट्रिलरीले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित २०८३ बैशाख ३० गते वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा लुम्बिनी हेरिटेज रुपन्देहीमा दिउँसो २ः३० बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारणमा सार्वजनिक शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै आईपीओ निष्कासनका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
Advertisment