नेपाल टेलिकमको नयाँ वर्ष अफर: ४९९ रुपैयाँमै १५० जीबी डाटा पाइने

नेपाल टेलिकमको नयाँ वर्ष अफर: ४९९ रुपैयाँमै १५० जीबी डाटा पाइने

काठमाडौं : नयाँ वर्ष २०८३ को अवसर पारेर नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि आकर्षक डाटा अफर सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड दुवै सेवाका प्रयोगकर्तालाई लक्षित गर्दै सीमित अवधिका लागि दुई प्रकारका ‘अनलिमिटेड डाटा’ योजना ल्याएको हो।

Sponsored Advertisement

यस अन्तर्गत ‘न्यू इयर लाइट’ योजनामा ग्राहकले ४९९ रुपैयाँमा १५० जीबी डाटा प्राप्त गर्न सक्नेछन्। यस योजनामा दैनिक ५ जीबीसम्म उच्च गतिको इन्टरनेट प्रयोग गर्न पाइनेछ भने सो सीमा नाघेपछि २ एमबिपिएस गतिमा अनलिमिटेड इन्टरनेट चलाउन सकिनेछ।

त्यस्तै ‘न्यू इयर प्रिमियम’ योजनामा ६९९ रुपैयाँमा ३०० जीबी डाटा उपलब्ध हुनेछ, जसमा दैनिक १० जीबीसम्म उच्च गतिको इन्टरनेट सुविधा पाइनेछ र त्यसपछि ३ एमबिपिएस गतिमा निरन्तर इन्टरनेट प्रयोग गर्न सकिनेछ।

यो विशेष अफर चैत ३०, २०८२ देखि वैशाख २, २०८३ सम्म अर्थात् तीन दिनका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ। ग्राहकहरूले यो योजना सक्रिय गर्नका लागि एनटी एप प्रयोग गर्न वा आफ्नो मोबाइलबाट *१४१५# डायल गर्न सक्नेछन्।

नयाँ वर्षको अवसरमा ल्याइएको यस अफरमार्फत ग्राहकहरूलाई सहज, सुलभ र निरन्तर इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखिएको नेपाल टेलिकमले जनाएको छ।

थप समाचार