Below Menu
Below Menu

झिनो अंकले घट्यो शेयर बजार, साढे आठ अर्बमा खुम्चियो कारोबार 

झिनो अंकले घट्यो शेयर बजार, साढे आठ अर्बमा खुम्चियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से परिसूचक १३.४६ अंकले घटेर २८३७.७७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा आठ अर्ब ९३ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५१ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन र पाल्पा सिमेन्टस् इन्डष्ट्रिज कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज युनिक नेपाल लघुवित्त वित्तीय संसथाको शेयरमूल्य ३.६० प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार