Below Menu
Below Menu

नयाँ वर्षको पहिलो दिन सुनको मूल्य प्रतितोला ३१ सयले बढ्यो, चाँदीको भाउ कति ? 

नयाँ वर्षको पहिलो दिन सुनको मूल्य प्रतितोला ३१ सयले बढ्यो, चाँदीको भाउ कति ? 

काठमाडौं : नयाँ वर्ष २०८३ सालको पहिलो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार एक सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार