Below Menu
Below Menu

टिकेन नेप्सेको वृद्धि, परिसूचक र कारोबार दुवै घट्यो 

टिकेन नेप्सेको वृद्धि, परिसूचक र कारोबार दुवै घट्यो 

काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७  बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ३१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ९ अर्ब ३१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज रलायन्स स्पिनिङ मिल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६१ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सिन्धु विकास बैंकको शेयरमूल्य ९.४७ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार