Below Menu
Below Menu

कृषि क्षेत्रमा लगानी विस्तारमा एडीबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

कृषि क्षेत्रमा लगानी विस्तारमा एडीबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

काठमाडौं : कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरी र नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइसबीच शिष्टचार भेतवार्ता भएको छ । बुधबार (वैशाख ३)० भएको भेटघाटमा कृषि क्षेत्रको विकास, लगानी विस्तार तथा सहकार्य सुदृढ गर्ने लगायत विषयमा छलफल भएको हो । 

मन्त्री चौधरीले अब देखी दातृ निकायको लगानी आयोजनामा प्रशासनिक लागत कम गर्ने उद्धेश्यले ५ तारे होटलमा कार्यक्रम नरख्नी, लक्षित सामुदायिक र क्षेत्रमा नै सो रकम लगानी गर्नुपर्ने बताइन् । 

छलफलका क्रममा मन्त्री चौधरीले कृषि आधुनिकीकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा समग्र आर्थिक सामाजिक विकासमा एडीबीको निरन्तर सहयोगको प्रशंसा गरिन् । 

हाल सञ्चालनमा रहेका उच्च मूल्य कृषि बाली तथा फलफूल विकाससम्बन्धी परियोजनाहरुको विषयमा समेत छलफल भएको थियो । यस्ता कार्यक्रमबाट प्राप्त उपलब्धिहरू सकारात्मक भए पनि कार्यान्वयनका क्रममा देखिएका नीतिगत तथा प्रक्रियागत चुनौतीहरू समाधान गर्नुपर्ने छलफल भएको हो ।

यसका साथै बीउबिजन र नर्सरी व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्दै परियोजना कार्यान्वयनलाई थप प्रभावकारी र द्रुत बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले बताइन् । 

सो अवसरमा एडीबीले प्रस्ताव गरेको नेपाल हरित तथा उत्थानशील वित्तीय सुविधालाई मन्त्रालयले सकारात्मक लिएको सो छलफलमा मन्त्री चौधरीले उल्लेख गरिन् । 

उक्त छलफलमा जलवायु अनुकूल कृषि, साना तथा मझौला कृषि उद्यम तथा नवप्रवर्तनमा लगानी विस्तार गर्ने लक्ष्य रहेको छ । यसैगरी, भू–जल पुनर्भरण, अनुसन्धान तथा निजी क्षेत्रको संलग्नता बढाउने विषयमा पनि छलफल भएको थियो ।

Advertisment

थप समाचार