Below Menu
Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, सात अर्ब ४६ करोडमा समेटियो कारोबार  

झिनो अंकले बढ्यो शेयर बजार, सात अर्ब ४६ करोडमा समेटियो कारोबार  

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८.४० बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १०८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा सात अर्ब ४६ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ९ अर्ब ३१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६६ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इन्डष्ट्रिज र शिखर पावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज एशियन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ४.५४ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार