Below Menu
Below Menu

ट्रेजरीमार्फत नौ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल 

ट्रेजरीमार्फत नौ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत नौ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) ९ अर्ब  रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयले ९ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल जारी लागेको हो । जसमा ५ अर्बको नयाँ र ४ अर्बको ट्रेजरी बिल नविकरण गर्न लागिएको हो ।कार्यालयका अनुसार उक्त ट्रेजरी बिल २०८४ बैशाख ७ गते परिपक्क हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बैशाख ७ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि चैत ३० गते सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।

Advertisment