Below Menu
Below Menu

दाउन्ने फ्लोर मिल्सले गर्यो एक अर्ब चार करोडको व्यापार, नाफा मार्जिनमा भने दबाब 

दाउन्ने फ्लोर मिल्सले गर्यो एक अर्ब चार करोडको व्यापार, नाफा मार्जिनमा भने दबाब 

काठमाडौं : सन् २०२५ मा दाउन्ने फ्लोर मिल्स प्रालिको व्यापार ५.५ प्रतिशतले बढेको छ । एक वर्षमा कम्पनीले एक अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार गरेको हो । 

कम्पनीले सन् २०२४ मा ९८ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो भने सन् २०२३ मा एक अर्ब १७ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । 

कम्पनीको व्यापार बढेपनि सञ्चालन नाफा मार्जिन घटेको छ । सन् २०२४ मा ७.४२ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२५ मा घटेर ५.५२ प्रतिशतमा कायम भएको छ । खुद नाफा मार्जिन ०.२६ प्रतिशतमा सीमित रहेको छ । 

कम्पनीको उत्पादन उद्योग नवलपरासीको रामग्राम-११ मा रहेको छ । कम्पनीसँग दैनि १८० मेट्रिक टन मैदा र ६० मेट्रिक टन आँटा उत्पादन गर्ने क्षमता रहेको छ । ३०० भन्दा बढी ग्राहकसहितको वितरण सञ्जाल छ । दाउन्ने गोल्ड ब्राण्डबाट कम्पनीले देशको मध्य र पश्चिम क्षेत्रमा बिक्री गर्दै आएको छ । 

गणेश प्रसाद पोखरेल अध्यक्ष रहेको कम्पनीले दीर्घकानिल र अल्पकालिन बैंकिङ कर्जा सुविधाका लागि ५३ करोड ४० लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । 

कम्पनीले दीर्घकालिन कर्जाका लागि २६ करोड ३७ लाख र अल्पकालिन कर्जाका लागि २७ करोड ३ लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको हो ।  

दाउन्ने फ्लोर मिल्सले गहुँलाई प्रशोधन गरेर मैदा उत्पादन गर्दै आएको छ । साथै कम्पनीले मैदा, आँटा, चक्की आँटा, चोकर, सूजी र दलियाजस्ता विभिन्न प्रडक्ट उत्पादनगरी बिक्री गर्दै आएको छ । 
 

Advertisment

थप समाचार