रासायनिक मल आपूर्तिमा सहजीकरणका लागि मन्त्री चौधरीको पहल

रासायनिक मल आपूर्तिमा सहजीकरणका लागि मन्त्री चौधरीको पहल

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण गर्न सरोकारवाला निकायहरूलाई पत्राचार गरेको छ ।

Sponsored Advertisement

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट आपूर्ति गरिएको रासायनिक मल आगामी असारसम्म मौज्दात रहने भएपनि, पश्चिम एशियामा जारी संकटका कारण मल आपूर्तिमा अवरोध उत्पन्न हुने देखिएकाले सहजीकरणका लागि सम्बन्धित निकायहरूलाई आग्रह गरिएको हो ।

कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले कृषि विभाग, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, सातै प्रदेशका कृषि मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आगामी सिजनको धान खेतीका लागि मलको बिक्री–वितरणलाई प्रभावकारी बनाउन सहजीकरण गरिदिन आग्रह गरेकी छिन् । 

थप समाचार