काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४६ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगे कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा सात अर्ब ८१ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिलायन्स स्पिनिङ मिल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा पाल्पा सिमेन्ट इन्डष्ट्रिज र शिखर पावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो । आज सूर्यमुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य ११.७९ प्रतिशतले घटेको छ ।
Advertisment