Below Menu
Below Menu

सुनको मूल्य तोलामा २२ सयले घट्यो, चाँदीको भाउ कति ? 

सुनको मूल्य तोलामा २२ सयले घट्यो, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ७५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार