Below Menu
Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार झिनो अंकले बढेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.५४ अंकले बढेर २७८७८.७० बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ५ अर्ब २७ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा पाँच अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज रिडि पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २७ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा पाल्पा सिमेन्ट इन्डष्ट्रिज, शिखर पावर डेभलपमेन्ट र माई खोला हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज मेन्छीयाम हाइड्रोपावर कम्पनीको शेयरमूल्य ३.५० प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार