Below Menu
Below Menu

ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०५.३० प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा बैंकले  ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा बढेसँगै खुद नाफा बढेको हो । यसका साथै बैंकको इम्पेरिमेन्ट चार्ज घटेका कारण पनि नाफामा सुधार देखिएको हो । 

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.७८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ५५.३६ प्रतिशतले बढेको छ। त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी ६.१७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०५.२७ प्रतिशत बढेको छ।

गत आवको सोही अवधिमा ४.९८ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ७.८३ प्रतिशत पुगेको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

यस अवधिमा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढेको छ। चैत मसान्तसम्म बैंकको आम्दानी ९.९७ रुपैयाँले बढेर १९.०९ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात १९.४३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ४३ पैसा रहेको छ। 

यस अवधिसम्ममा बैंकले ६४ अर्ब ४९ करोड आठ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४७ अर्ब ९८ करोड ८९ लाख  रुपैयाँ कर्जा प्रर्वाह गरेको छ । चैत मसान्तसम्म चार अर्ब ३९ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा दुई अर्ब ७८ करोड ८३ लाख रुपैयाँ सञ्चित छ ।

Advertisment

थप समाचार