काठमाडौं : होटल ल्यान्डमार्क पोखरा प्राइभेट लिमिटेडले सन् २०२५ मा १८ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा २१.१९ प्रतिशतले बढेको हो ।
सन् २०२४ मा कम्पनीले १५ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसअघि सन् २०२३ मा कम्पनीले १३ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । पछिल्ला तीन वर्षमा कम्पनीको व्यापार निरन्तर रुपमा बढेको छ ।
कम्पनीको व्यापारसँगै सञ्चालन नाफा मार्जिनमा पनि सुधार देखिएको छ । सन् २०२४ मा ३१.५२ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२५ मा ४३.८६ प्रतिशत पुगेको छ ।
अघिल्ला दुई वर्षमा घाटामा रहेको कम्पनीको नगद प्रवाह सन् २०२५ मा २ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद सम्पत्ति एक करोड ४० लाख रुपैयाँमा सिमित भएको छ । जबकी अघिल्लो वर्ष यस्तो सम्पत्ति ऋणात्मक रहेको थियो ।
यस अवधिमा कम्पनीको गियरिङ अनुपात ४५.१८ गुणा पुगेको छ भने ब्याज कभरेज रेसियो १.५६ गुणा रहेको छ । होटलको औसत अकुपेन्सी दर कबिर ६० प्रतिशत पुगेको छ ।
होटल ल्यान्डमार्क पोखरा सन् २००७ मा पोखराको लेकसाइडमा स्थापना भएको चार तारे होटल हो । कम्पनीका अध्यक्ष मुक्तिराम पाण्डे रहेका छन् । होटलमा ओमप्रकाश पाण्डेको ३४ प्रतिशत, मुक्तिराम पाण्डेको ३३ प्रतिशत र चेतनारायण पाण्डेको ३३ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
होटलमा हेरिटेज डिलक्स र सुइट श्रेणीका कुल ९५ वटा कोठा रहेका छन् । साथै होटलले रूफटप स्विमिङ पुल, रेष्टुरेन्ट तथा बार, स्पा सेवा लगायतका विविध प्रिमियम सुविधा प्रदान गर्दै आएको छ ।
होटलले बैंकिङ कर्जा सुविधाका लागि ८० करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि ६५ करोड २० लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि १४ करोड ८० लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ ।
Advertisment