Below Menu
Below Menu

पाँच हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण

पाँच हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण

काठमाडौं : काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलाभित्र ५ हजार ५७० मिटर उचाइमा रहेको नयाँ ‘ट्रेकिङ पिक’ को सफल आरोहण सम्पन्न गरिएको छ ।

जुगल गाउँपालिकाको विशेष आयोजना तथा जुगल गाउँपालिका पर्यटन विकास समितिको अगुवाइमा सञ्चालित अध्ययन तथा अन्वेषण परियोजना अन्तर्गत वैशाख ३ गते उक्त सफल आरोहण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

यस पिकलाई ‘जुगल एभरेष्ट भ्यू प्वाइन्ट’नामकरण गरिएको छ ।

लामो समयदेखि ओझेलमा रहेको जुगल क्षेत्रलाई विश्वव्यापी पर्यटन मानचित्रमा स्थापित गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानले नेपालको साहसिक पर्यटनमा नयाँ आयाम थप्ने गाउँपालिकाको विश्वास छ । साथै, यसले स्थानीय समूदायको आर्थिक विकासमा समेत महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

गाउँपालिकाका अनुसार ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’बाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल चो ओयू, मकालु, ल्होत्से, शिशापाङ्मा लगायत-स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ । साथै, जुगल हिमशृङ्खलाका अन्य दर्जनौँ हिमचुचुराहरू पनि नजिकबाट देख्न सकिने बताइएको छ।

यस पिकको अर्को विशेषता यसको सहज र सुरक्षित आरोहण रहेको जनाइएको छ। कुनै विशेष प्राविधिक कठिनाइ तथा जटिल उपकरणको आवश्यकता नपर्ने भएकाले सामान्य शारीरिक तन्दुरुस्ती भएका पर्यटक तथा पदयात्रीले पनि सहज रूपमा आरोहण गर्न सक्नेछन् ।

काठमाडौंबाट नजिकको पहुँच, छोटो समय र न्यूनतम खर्चमै हिमाल आरोहणको अनुभव लिन सकिने भएकाले यो गन्तव्य आन्तरिक तथा बाह्य पर्यटकका लागि ‘गेम चेन्जर’ बन्न सक्ने विश्वास गाउँपालिकाको छ ।

यस ऐतिहासिक उपलब्धिसँगै विस्तृत प्राविधिक प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।

Advertisment

थप समाचार