Below Menu
Below Menu

प्रोटोनको ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ सुरु: पुरानो गाडीसँग नयाँ प्रोटोन साट्ने विशेष अवसर

प्रोटोनको ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ सुरु: पुरानो गाडीसँग नयाँ प्रोटोन साट्ने विशेष अवसर

काठमाडौं : नेपालमा प्रोटोन गाडीको आधिकारिक बितरक जगदम्बा मोटर्सले सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स योजना सार्वजनिक गरेको छ । यो विशेष योजना वैशाख १३ देखि १५ गतेसम्म (२६–२८, अप्रिल २०२६) नेपालभर रहेका सबै प्रोटोन शोरुमहरूमा सञ्चालन गरेको हो ।

यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ प्रोटोन ई.मास सेबेन लगायत प्रोटोनका विभिन्न मोडलहरू आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्य, १ वर्षको निःशुल्क बीमा, १ वर्षको रोड ट्याक्स, ७ किलोवाटको चार्जर तथा ८ वर्षसम्मको वारेन्टी सुविधा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार, यो योजना ग्राहकलाई सहज, भरपर्दो र थप मूल्ययुक्त सवारी खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यले ल्याइएको हो । विशेषगरी विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै, ग्राहकलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री सवारी रोज्न प्रेरित गर्ने कम्पनीको विश्वास रहेको छ । 

नेपालभर रहेका सबै प्रोटोन शोरुमहरूमा लागू हुने यस योजनाबाट ग्राहकहरूले सीमित अवधिसम्म विशेष लाभ लिन सक्नेछन् । साथै अन्य थप जानकारीका लागि नजिकैको प्रोटोन शोरुममा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Advertisment

थप समाचार